ad ad

समाज


लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

फाइल तस्बिर : लेबनान


नेपालखबर
साउन १७, २०८१ बिहिबार ९:४९, काठमाडौँ

इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ।

यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

 लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।’

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ। 

कायरोमा सम्पर्कका लागि–

इमेल : [email protected]

सम्पर्क व्यक्ति : दीपक घिमिरे – द्वितीय सचिव, फोन नम्बर +201097772348 (ह्वाट्सएप)

माधवराज काफ्ले – तृतीय सचिव, फोन नम्बर +201002505997 (ह्वाट्सएप)

बेरुतमा सम्पर्कका निम्ति–

इमेल : [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन नम्बर +9613301181/+96171688821/+96181883713

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .