ad ad

समाज


घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर

नेपालखबर
साउन १६, २०८१ बुधबार १५:३८, काठमाडौँ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासीका कारागार प्रशासक विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कर्ण १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीलाई चौकीदारको जिम्मेवारीबाट हटाउने, अरु कुनै सुविधा नदिने र कैदकट्टा तथा माफी मिनाहाको लागि सिफारिस-सहजीकरण पनि नगर्ने भन्दै उनले घुस लिने गरेको पाइएको पनि अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .