ad ad

समाज


विपद्‍मा परी १३९ जनाको मृत्यु, ६ जना बेपत्ता

विपद्‍मा परी १३९ जनाको मृत्यु, ६ जना बेपत्ता

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १८:१६, काठमाडौँ

मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ।

बाढी, पहिरालगायत विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
 
बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई-दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी छजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ। विपद्मा परी एक सय ५६ जना घाइते भएका छन्।
 

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .