ad ad

समाज


चितवनमा कन्टेनर र ट्रक ठोकिँदा दुवै चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर

चितवनमा कन्टेनर र ट्रक ठोकिँदा दुवै चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ९:३४, चितवन

चितवनको नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोकिँदा दुवै गाडीका चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना सहचालक गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको रिजालले जानकारी दिए। 

मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन्। 

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .