ad ad

समाज


जाजरकोटमा घर भत्किँदा एकै परिवारका ८ जना घाइते, ३ को अवस्था गम्भीर

जाजरकोटमा घर भत्किँदा एकै परिवारका ८ जना घाइते, ३ को अवस्था गम्भीर

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १०:१०, सुर्खेत

जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठजना घाइते भएका छन्। 

घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना घाइते भएका प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि जाजरकोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

शुक्रबार बिहान ढुङ्गामाटोले बनेको एकतले घर एक्कासी भत्किँदा १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगिता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन्।

घाइतेमध्ये पदम, सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .