ad ad

समाज


जहाज दुर्घटनामा मृत्यु भएकाहरुको डीएनए परीक्षण गर्नु नपर्ने

स्वास्थ्यमन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर दुःख व्यक्त गरे
जहाज दुर्घटनामा मृत्यु भएकाहरुको डीएनए परीक्षण गर्नु नपर्ने

नेपालखबर
साउन १०, २०८१ बिहिबार १३:१६, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्। 

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा पुगेर पोस्टमार्टमको अवस्था बुझ्दै  उनले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाजञ्ली व्यक्त गरेका हुन्।

त्यसक्रममा उनले दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई आग्रह गरे। 

अस्पताल प्रशासनका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शवको डीएनए गर्न नपर्ने भएको छ। पहिचान भएका सबैको शव भोलि साँझसम्म आफन्तलाई हस्तान्तरण गर्ने अस्पताल प्रशासनले जनाएको छ।

शव हस्तान्तरणमा सहजीकरण गरिदिन पनि मन्त्री पौडेलले अनुरोध गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .