समाज


महोत्तरीमा एकाबिहानै गोली चल्यो, एक जना गम्भीर घाइते

महोत्तरीमा एकाबिहानै गोली चल्यो, एक जना गम्भीर घाइते

नेपालखबर
फागुन १८, २०७६ आइतबार ५:३१,

अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर महोत्तरीमा एक बृद्ध घाइते बनेका छन्।

 आइतबार बिहान महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात अज्ञात व्यक्तिले प्रहरा गरेको गोली लागेर गम्भीर घाइते भएका हुन्।

घाइते यादवको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

बिहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad