समाज


आज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना

आज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना

नेपालखबर
फागुन १८, २०७६ आइतबार १:४५,

आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो। यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिउँ पर्ने सम्भावना छ।

तर पश्चिमी भेगका भने पहाड तथा तराई सबै स्थानमा आज वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले बताइन्।

‘पश्चिम तराईको कैलालीमा हिजो (शनिबार) राति पनि पानी परेको थियो,’ नेपालखबरसँग उनले भनिन्, ‘अहिले रोकिएको हुन सक्छ तर मौसम भने बदलीकै अवस्था छ।’

यस्तै काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मौसम बदली भई फाट्टफुट्ट वर्षाको सम्भावना छ। तर यो सम्भावना एकदम कम रहेको र वर्षा भए पनि सबैतिर नभएर कतै कतै हुने मौसमविद् शाक्यको अनुमान छ।

आज बिहान पौने ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ भने आज अधिकतम २५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् शाक्यले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad