समाज


गतहप्ता मात्र इरानको सांसद बनेका मोहम्मदको कोरोनाभाइरस कारण मृत्यु

गतहप्ता मात्र इरानको सांसद बनेका मोहम्मदको कोरोनाभाइरस कारण मृत्यु

नेपालखबर
फागुन १७, २०७६ शनिबार १२:४६,

कोरोनाभाइरस ‘कोभिद–१९’ ले इरान ग्रस्त बनेको समयमा मोहम्मदको कोरोनाकै कारण मृत्यु इरानी समाचार संस्थाहरुले बताएका छन्।

इरान र इराक युद्धको समयमा लागेको इन्फ्लुइन्जा र रासायनिक चोट बल्झिएपछि हालै मोहम्मदलाई अस्पताल भर्ना गरिएको छ। त्यहाँ उनमा कोरोनाको संक्रमण देखिएको थियो।

शनिबार बिहानै उनको निधन भएको हो।

हालसम्म इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्यान गुमाएको देशको स्वास्थ्य प्रणालीसँग आबद्ध सूत्रहरूले बीबीसी पर्सीयनलाई जानकारी दिएका छन्।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्।

यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad