समाज


दक्षिण कोरियामा कोरोनाबाट संक्रमितको संख्या ३ हजार बढी

दक्षिण कोरियामा कोरोनाबाट संक्रमितको संख्या ३ हजार बढी

नेपालखबर
फागुन १७, २०७६ शनिबार १२:२३,

शनिबार बिहानसम्म २ हजार ९३१ जना संक्रमित कोरियामा केही घण्टामै अन्य २१९ संक्रमित बढेको बताइएको छ।

हाल कोरियामा कोरोनाको संक्रमण ३ हजार १५० मा फैलिएको छ। चीनपछि कोरिया कोरोनाबाट सबैभन्दा बढी ग्रस्त भएको मूलुक हो। त्यहाँ मृतकको संख्या १६ छ।

हालसम्म कोरियामा २७ सेनामा कोरोनाका संक्रमण देखिएको छ। एक अमेरिकी सेनामा पनि कोरोनाको संक्रमण छ।

कोरियामा शुक्रवार एकै दिनमा त्यहाँ ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगकका अनुसार शनिबार बिहानसम्मको तथ्यांकअनुसार हालसम्म विश्वमा ८५ हजार १७८ जना कोरोनाबाट संक्रमित छन्। तीमध्ये २ हजार ९२३ को मृत्यु भइसक्दा ३९ हजार ३३२ उपचारपछि स्वस्थ्य बनेका छन्।

यीमध्ये चीनमा मात्र संक्रमितको संख्या ७९ हजार २५१ छ। त्यहाँ मृतकको संख्या २ हजार ८३५ पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad