ad ad

राजनीति


जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेपालखबर
साउन ६, २०८१ आइतबार १४:५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो। 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको छ।

प्रतिनिधि सभामा जसपा नेपालका पाँच सांसद छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .