ad ad

समाज


न्युरोडको सडकमै थालियो वडा नम्बर २२ को काम, फर्कियो महानगरको डोजर

न्युरोडको सडकमै थालियो वडा नम्बर २२ को काम, फर्कियो महानगरको डोजर

सडक विस्तारको कामका लागि पुगेको महानगरको डोजर पनि फर्किएको छ (तस्बिर : सरोज बैजु)


नेपालखबर
साउन ६, २०८१ आइतबार १२:५८, काठमाडौँ

काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्युरोडको सडकबाटै वडा कार्यालयका काम गर्न थालेका छन्। न्युरोडमा फुटपाथ विस्तार गर्ने महानगरको निर्णयको विरोधमा उनले आइतबारबाट सडकमै टेबुलकुर्सी राखेर काम सुरु गरेका हुन्। 

महानगरले फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म सडकमै बसेर काम गर्ने वडाध्यक्ष महर्जनले बताएका छन्। 

त्यसतै, आइतबार फुटपाथ विस्तारको कामका लागि पुगेको महानगरको डोजर फर्किएको छ। डोजर फर्किएपनि फुटपाथ विस्तारको काम रोक्ने निर्णय नभएसम्म आफूहरूको आन्दोलन कायम रहने स्थानीय र प्रतिनिधिहरूले बताएका छन्। 

मेयर बालेन्द्र शाह (बालेन)ले तनाशाही प्रवृत्ति देखाएको र उक्त कुरा स्वीकार हुन नसक्ने उनीहरूले बताएका छन्। 

यसअघि शुक्रबार पनि त्यहाँ महानगरसँग स्थानीयको घम्साघम्सी भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .