ad ad

समाज


२ प्रदेशका केही ठाउँमा भारी वर्षा हुँदै, कस्तो हुन्छ अबको ३ दिन देशभरको मौसम?

२ प्रदेशका केही ठाउँमा भारी वर्षा हुँदै, कस्तो हुन्छ अबको ३ दिन देशभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८१ बुधबार ६:२७, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

यतिबेला (बुधबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।  अहिले बागमती, गण्डकी र कर्णाली  प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षासमेत भैरहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा  बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई  स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

२०८१ साउन ३ गते बिहीबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती  प्रदेशको एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी र बागमती  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

२०८१ साउन ४ गते शुक्रबार

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती , गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, बागमती, गण्डकी,  लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .