ad ad

समाज


आक्रोशित बन्न थाले सिमलतालमा यात्रुका आफन्त, प्रशासन भन्छ– धैर्य गर्नुस्

मौसमले साथ दिए बिहान ७ बजेबाट खोजी थाल्ने
आक्रोशित बन्न थाले सिमलतालमा यात्रुका आफन्त, प्रशासन भन्छ– धैर्य गर्नुस्

नेपालखबर
असार २९, २०८१ शनिबार २२:३, काठमाडौँ

चितवन जिल्ला प्रशासन कार्यालयले शुक्रबार (असार २९ गते बिहान ३ बजे)  भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोमा बेपत्ता बसको खोजी कार्यका लागि ठूला म्याग्नेटसहितको उपकरण प्रयोग गरेर खोजी कार्य भइरहेको बताएको छ। 

प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमानन्द्र भुसालले शनिबार विज्ञप्ति जारी गर्दै सबै सामर्थ्यका साथ खोज र उद्धार कार्य कार्यान्वयनमा ल्याइएको बताएका छन्। 

शनिबार बिहान र दिउँसोगरी तीनवटा शव फेला परेपनि बस भने अझै फेला नपरेको प्रशासनले जानकारी गराएको छ। खोज तथा उद्धारमा जोडिनका लागि सबै निकायलाई आग्रह गर्दै भुसालले आफन्तजनहरूलाई संयमता र धैर्य धारणको लागि अपिल गरेको छ। 

शुक्रबार बिहानदेखि शवमा रहेका यात्रुका परिवार तथा आफन्तहरू कुरेर बसिरहेका छन्। दिनभर उद्धारका क्रममा आफन्तका शव कुरेर बसेका उनीहरू खाना भन्दा पनि उद्धार चाँडो हुनुपर्ने भन्दै सरकारसँग आक्रोश पोख्न थालेका छन्।

मौसमले साथ दिए बिहान ७ बजेबाटै र नत्र ८ बजेबाट उद्धार कार्य अघि बढाउने बताउँदै प्रहरीले आफन्तहरूलाई बास बस्न पठाएको छ। 

दिउँसो केहीबेर प्रहरी र आफन्तहरूबीच तनावपूर्ण अवस्थासमेत बनेको थियो। 

प्रशासनले आफन्तहरूलाई स्थानीय होटलमा निःशुल्क खाना र बासको व्यवस्था गरेको छ। घटनास्थलमा पुगेका आफन्तबाट उनीहरूको फोटो र अन्य विवरण नजिकै हेल्प डेस्क राखेर प्रहरीले गरिरहेको छ। 

त्यस्तै, चितवन प्रशासनले खोजीका लागि राज्यका सबै निकायको सहयोग र समन्वयको अपिल गरेको छ। 

‘खोज तथा उद्धार कार्यमा निरन्तर साथ सहयोग र समन्वयको लागि सरोकारवाला सम्पूर्ण सबैमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै दुर्घटनामा परेका सम्पूर्ण यात्रुका आफन्तजनहरुमा जिल्ला सुरक्षा समिति, चितवन संयमता र धैर्य धारणको निम्ति हार्दिक अपिल गर्दछ।’

भोलिदेखिको उद्धारमा ठूला म्याग्नेटको प्रयोग, नाराायणाी नदी तटीय क्षेत्रमा र्‍याफ्ट, बोट तथा पैदल माध्यमबाट खोजतलासको काम हुने बताइएको छ। 

भरतपुर महानगरपालिकासँगको सहयोग र समन्वयमा सिमलतालदेखि गोलाघाटसम्म सबै प्रकारका उपाय अपनाएर खोजी कार्य जारी राख्ने प्रशासनले बताएको छ। 

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको विवरण अहिलेसम्म प्रशासनले उपलब्ध गराएको छ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको शव शनिबार बिहान घटनास्थलबाट ५० मिटर तल भेटिएको थियो। 

त्यस्तै, दिउँसो पूर्वी नवलपरासीको गैँडाकोटमा २ वटा शव फेला परेका थिए। ती मध्ये बरहथवा नगरपालिका—३ सर्लाही १९ वर्षीय रमित कुसर माझी भएको पुष्टि भएको छ। उनका आफन्तले सनाखत गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .