ad ad

समाज


गैँडाकोटमा भेटिएका दुईमध्ये एउटा शवको आफन्तले गरे सनाखत

गैँडाकोटमा भेटिएका दुईमध्ये एउटा शवको आफन्तले गरे सनाखत

सिमलतालको पहिरोका कारण बेपत्ता दुई बस र यात्रुको खोजीका लागि शनिबार त्रिशूली नदीमा खटिएका सुरक्षाकर्मी (तस्बिर: कृष्ण आचार्य/रासस)


नेपालखबर
असार २९, २०८१ शनिबार २०:१२, काठमाडौँ

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नदी किनारमा शनिबार दिउँसो फेला परेका दुईमध्ये एउटा शवको सनाखत भएको छ। 

नारायणी नदी किनारस्थित बालुवामा आधा गाडिएको र नदीमा तैरिएको अवस्थामा दुइएवटा शव फेला परेका थिए। 

ती मध्ये बरहथवा नगरपालिका-३ सर्लाही १९ वर्षीय रमित कुसर माझी भएको पुष्टि भएको छ। उनका आफन्तले सनाखत गरेका हुन्।

सोही स्थानमा फेला परेको अर्को शवको सनाखत हुन बाँकी छ। उक्त शव पनि गाडी दुर्घटनामै परेका व्यक्तिको भएको प्रहरीको अनुमान छ। 

आफन्तहरु प्रहरी सम्पर्कमै रहेकाले अर्को शवको पनि सनाखत हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .