ad ad

समाज


यात्रुसहित त्रिशूलीमा बेपत्ता २ बस खोजीमा ड्रोन र सोनार क्यामेरा प्रयोग

यात्रुसहित त्रिशूलीमा बेपत्ता २ बस खोजीमा ड्रोन र सोनार क्यामेरा प्रयोग

घटनास्थल


नेपालखबर
असार २९, २०८१ शनिबार ८:५२, काठमाडौँ

शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र तिनका यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ। 

सशस्त्रका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले नेपालखबरलाई दिएको जानकारीअनुसार ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी बिहानैदेखि खोजी थालिएको हो। 

‘पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरिएको छ’, उनले भने। 

त्रिशूलीमा बेपत्ता २ बसको खोजीमा शनिबार बिहान खटिएको टोली।

र्‍याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्‍याउँछ।  

सशस्त्र डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजी परिचालन गरिएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजीमा जुटेका छन्।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .