दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ सय पुग्न लागेको छ।
सरकारी अधिकारीहरुले संक्रमण रोक्न आम नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा नजान र भीडभाडबाट टाढै रहन आह्वान गरिरहेका छन्।
शुक्रबार मात्रै कोरिया ५ सय ७१ नयाँ संक्रमित फेला परेका छन्। यो चीनको भन्दा बढी हो। बिहीबार चीनमा ३ सय २७ नयाँ संक्रमित फेला परेका थिए।
दुई दिनअघि मात्र संक्रमितको संख्या एक हजार जना रहेको कोरियामा अहिले त्यो संख्या बढेर २ हजार ३२३ पुगेको छ।
हालसम्म कोरियामा १३ जनाको मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया