ad ad

समाज


अविरल वर्षा र पहिरोले गोताखोर टोली अझै घटनास्थलमा पुग्न सकेन

अविरल वर्षा र पहिरोले गोताखोर टोली अझै घटनास्थलमा पुग्न सकेन

घटनास्थल


सुनिता विष्ट
असार २८, २०८१ शुक्रबार ७:४८, हेटौँडा

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर नारायणी नदीमा खसेका यात्रुको उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। 

आज बिहान पहिरोसँगै नदीमा खसेका दुईवटा बसमा ६० जना भन्दा धेरै यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ। 

नदीमा बेपत्ता भएकाहरुको अझै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। 

निरन्तर परेको पानीका कारण घटनास्थलसम्म पुग्न मुस्किल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठाउँ/ठाउँमा खसेको पहिरोका कारण गोताखोरको टोली जाममा परेका कारण घटनास्थलसम्म आइपुग्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। 

उनका अनुसार घटनास्थलमा बसको थोरै भाग देखिएको छ।

‘दुईवटा बसको थोरै भागहरु देखिन्छ। नदीमा पानीको वहाब निकै बढेको छ। पानी परिरहेको छ। पहिरोका कारण सडकमा लामो जाम पनि छ। जसले गर्दा तत्काल उद्धार कार्यमा खटिन समस्या भैरहेको छ,’ डिएसपी रिजालले नेपालखबरसँग भने। 

ठाउँ ठाउँमा झरेको पहिरो पन्छाएर सवारी जाम खुलेपछि मात्रै गोताखोरको टोली घटनास्थलसम्म आइपुग्ने उनले बताए।

घटनाको विषयमा प्रहरीले काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट हाम फालेर ज्यान गोगाएका ३ यात्रुसँग बुझ्ने काम गरिरहेको छ। 

ती यात्रुहरुसँग पनि घटनाकोबारेमा विस्तृत रुपमा बुझ्न नपाइएको प्रहरीले जनाएको छ। यद्यपी, उद्धारका लागि प्रहरीको टोली खटिएको छ।

सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवले नेपालखबरलाई जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .