ad ad

समाज


नारायणीले २ वटा बस बगायो, ५० जना भन्दा धेरै मानिस नदीमा बेपत्ता

नारायणीले २ वटा बस बगायो, ५० जना भन्दा धेरै मानिस नदीमा बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८१ शुक्रबार ६:८, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। 

आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको आशंका गरिएको छ। 

पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

अविरलसँगै ठूलो पहिरो खस्दा चितवनबाट काठमाडौँ आउँदै गरेको नम्बर नखुलेको एउटा बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नारायणीमा बेपत्ता भएका हुन्। 

दुवै बसमा गरेर ५० जनाभन्दा धेरै सबार थिए। ‘ती सबै यात्रु नारायणीमा बेपत्ता छन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले नेपाल खबरसँग भने। 

घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन बाटबाट ३५  जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर परिचालन भएका छन्।

पहिरो खसेपछि मुग्लिन- नारायणगढ सडक पनि अबरुद्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .