समाज


सिरियाली सेनाको आक्रमणमा मारिए ३३ टर्किस सेना

सिरियाली सेनाको आक्रमणमा मारिए ३३ टर्किस सेना

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ७:१२,

 सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ।

इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन्।

टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिए। सिरियाको इड्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो।

इड्लिबमा केही हप्तादेखि टर्की समर्थित लडाकु र मस्को समर्थित सिरियाली सेनाबीच जारी भीषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले तत्कालै हस्तक्षेप नगरिए इड्लिबमा अझ बढी जनधनको क्षति हुन सक्ने बताए। महासचिव गुटेरेसले तत्काल युद्धबिराम गर्न आग्रह पनि ग।रेका छन्।

अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले आफूहरु नेटोको सदस्य राष्ट्र टर्कीको पक्षमा रहेको बताउँदै सिरियाली सेना, रसिया र इरान समर्थित लडाकूलाई इड्लिबमा जारी कारबाही रोक्न आग्रह गरेका छन्। नेटो प्रमुख जेन्स स्टोलटेन्बर्गका प्रवक्ताले पनि हिंसात्मक कारबाही तत्काल रोक्न र शान्तिको वातावरण बनाउन आग्रह गरेका छन्।

टर्कीले इड्लिबमा रहेका आफ्ना सैनिक निरीक्षण पोस्टबाट सेना फिर्ता गर्न सिरियाली सरकारलाई आग्रह गरेको छ। तर, रसियाले सिरियाभित्रका आतंकवादीलाई टर्कीले सहयोग गरिरहेको आरोप लगाएको छ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा ठूलो संख्यामा आफ्ना सेना मारिएलगत्तै आपतकालीन बैठक डाकेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार फाहरेटिन आल्तुनले टर्कीको सेनाले पनि प्रतिरक्षात्मक कारबाही गरेको बताएका छन्।

यसै महिनाभित्र टर्कीका सेनालाई लक्षित गरी भएका आक्रमणबाट ५३ जना टर्केली सेनाको मृत्यु भइसकेको छ। इड्लिब संकटका बारेमा टर्कीले कूटनीतिक सक्रियतालाई तीव्र पारेको छ। टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई टेलिफोन गरी पछिल्लो परिस्थितिका बारेमा अवगत गराएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad