राजनीति


व्यवसायीसँग बैठकपछि वामदेवलाई प्रस्ताव गरेको हल्ला नियोजित, भ्रामकः प्रचण्ड

व्यवसायीसँग बैठकपछि वामदेवलाई प्रस्ताव गरेको हल्ला नियोजित, भ्रामकः प्रचण्ड

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ७:७,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय ठूला व्यापारिक घरानाहरुको योजनाबाट प्रभावित भएर गरिएको भन्ने आरोपलाई ‘कपोल्कल्पित, नियोजित र भ्रामक’ हल्ला भनेका छन्।

प्रचण्ड र अन्य दुई पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनालसहितको प्रस्तावमा गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय पार्टीको सचिवालयले गरेपछि त्यसप्रति प्रधानमन्त्री असन्तुष्ट देखिएका थिए।

त्यसलगत्तै बालुवाटार सचिवालय स्रोतले गौतमलाई सांसद बनाउने सो निर्णय ठूला व्यापारीहरुको योजनाबाट प्रभावित भएर गरिएको भनी दाबी गरेको थियो।

‘मिडियामा जे प्रचार गरिएको छ, त्यो नियोजित छ, भ्रामक छ, कपोल्कल्पित छ। त्यस्तो कहिँ बैठक भएको या डिनर गरेको कसैले प्रमाणित गर्छ भने म त्यसलाई बधाई भन्छु,’ प्रचण्डले भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग भने।

याे पनि:
बालुवाटार भन्छ: अर्थमन्त्री हटाउने व्यापारीको योजनामा वामदेव उपयोग भए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad