कारोबार


७० वर्ष नाघेकालाई चन्द्रागिरिमा निःशुल्क केवलकार सेवा

७० वर्ष नाघेकालाई चन्द्रागिरिमा निःशुल्क केवलकार सेवा

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ७:१३,

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्द्धित चन्द्रागिरि केवलकारमा ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिने भएको छ।

बच्चादेखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्नेछ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यसअघि नै गरिसकेको छ।

त्यसका अतिरिक्त तीन फिटसम्म उचाइ भएका बालबालिकाहरूलाई पूर्णत नि:शुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ।

साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई २५ प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

याे अफर २०७७ जेठसम्मका लागि रहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad