ad ad

समाज


आज यी ५ प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, हेर्नुस् ३ दिनको मौसम पूर्वानुमान

आज यी ५ प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, हेर्नुस् ३ दिनको मौसम पूर्वानुमान

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८१ बिहिबार ६:५३, काठमाडौँ

हाल मनसुनकाे न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभागको सिमाना आसपास) रहेको छ।

यतिबेला (बिहीबार बिहान) देशभरको मौसम साधारणतया बदलीको अवस्थामा छ। बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एकदुई स्थानमा राति धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो होला शुक्रबार र शनिबारको मौसम?

२०८१ असार २८ गते शुक्रबार

दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एकदुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना रहेको छ। 

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, र  गण्डकी प्रदेशका  एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। 

२०८१ असार २९ गते शनिबार

दिउँसोːदेशभर साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी  प्रदेशका  एकदुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 

रातिː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, मधेस, बागमती र गण्डकी  प्रदेशका  एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एकदुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .