ad ad

समाज


पाल्पामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय दाजुको मृत्यु, १७ वर्षीया बहिनी गम्भीर घाइते

पाल्पामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २१ वर्षीय दाजुको मृत्यु, १७ वर्षीया बहिनी गम्भीर घाइते

नेपालखबर
असार २७, २०८१ बिहिबार ७:१२, काठमाडौँ

पाल्पामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा उनकी बहिनी गम्भीर घाइते भएकी छन्।

बुधबार साँझ तिनाउ नगरपालिका- ३ दोभानमा लु ८६ प ६५१ नम्बरको स्कुटरलाई लु २ ख ५३७३ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुबै सवारी बुटवलबाट पाल्पातर्फ जाँदै थिए। 

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका- ४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो। स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन्। 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘अस्पताल पुयाउनासात चिकित्सकले मृत घोषणा गरेका हुन्।’

घाइते रश्मीको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको श्रेष्ठले बताए। दुर्घटनापछि प्रहरीले ट्रकका चालककलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .