ad ad

समाज


रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्‍यो : नेपाल समूह

रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्‍यो : नेपाल समूह

नेपालखबर
असार २६, २०८१ बुधबार १८:१०, काठमाडौँ

नेपाल रेडक्रस सोसाइटीको सुदर्शनप्रसाद नेपाल नेतृत्वको समूहले समाज कल्याण परिषदद्वारा अघि बढाइएको छानबिनप्रति आपत्ति जनाएको छ।

नेपाल नेतृत्वको समूहले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो। 

उनले समाज कल्याण परिषद्ले आफूहरुसँग छलफल समेत नगरी रेडक्रसको छानविन प्रतिवेदन तयारी मिडियाहरुमा सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे।

पत्रकार सम्मेलनमा बाढी, पहिरो, डुबान लगायतका विपद्मा खोज, उद्धार र राहत वितरणको काममा रेडक्रसका स्वयंसेवीहरु परिचालन गरिएको र उनीहरुले समुदायको जीवन रक्षाका लागि खटिरहेको जनाएको छ। अध्यक्ष नेपालले बाढी, पहिरोलगायतका विपद्को यस घडीमा आफूहरुले जनजीवनलाई सहज बनाउन सक्दो काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

अध्यक्ष नेपालले भने, ‘हामी पारदर्शी छौं। हामीमा कुनैपनि किसिमको कपट छैन । कसैलाई पनि हामी इस्र्याको भावनाले हेर्दैनौं। त्यसैकारण हामीले भन्ने गरेको छौ–पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स।’

अध्यक्ष नेपालले रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले सुधारको काम धेरै गरेको दाबी समेत गरे।

रेडक्रममा नेत्रप्रसाद तिम्सिना र सुदर्शनप्रसाद नेपालको नेतृत्वमा २ समानान्तर समिति सक्रिय छन्। तिम्सिना समूहले भने रेडक्रसभित्र व्यापक भ्रष्टाचार रहेको भन्दै छानबिन गर्नुपर्नेमा जोड दिइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .