कला


यस्तो छ करिना कपुरको फिटनेस मन्त्र

यस्तो छ करिना कपुरको फिटनेस मन्त्र

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १२:२९,

एक समय बलिउड अभिनेत्री करिना कपूरलाई देखेपछि भारतीय युवतीहरु जिरो फिगरप्रति आकर्षित हुन्थे। विवाहभन्दा अघि र पछि अझ छोरा तैमुरको जन्मपछि करिनाले जसरी आफ्नो ‘फिटनेस’लाई कायम राखिन्, त्यो आश्चर्यजनक छ।

करिनाले आफैँ नभइ उनका साथीहरू, परिवार र फिटनेस प्रशिक्षकहरूले समय–समयमा उनले कसरत गरिरहेका तस्बिर र भिडियोहरु सेयर गर्ने गर्दछन्।

हालै एक अन्तर्वार्तामा करिनाले आफ्नो फिटनेस मन्त्रको खुलासा गरेकी हुन्। युट्युवको ‘प्रीति फिट’को सिजनको फाइनलमा उनले आफ्नो फिटनेसको रहस्यबारे खुलासा गरेकी हुन्।

फिल्म ‘डन’पछि उनले व्यायमको आवश्यकता महसुस गरिन र आफ्नो दैनिक तालिकामा त्यसलाई समावेश गरिन्। योगा उनको वैकल्पिक फिटनेस सूत्र हुन्।

आफ्नो मनपर्ने योग आसनका बारेमा कुरा गर्दै करिनाले हरेक बिहान सूर्यलाई नमस्कार गर्ने बताएकी छन्। ‘ताशन’ फिल्मको तयारीका समयमा उनले एक पटकमा १०८ पटक सूर्यलाई नमस्कार गर्ने गरेको र छोराको जन्मपछि ५० पटक गर्न थालेको बताइन्। ताशन फिल्ममा करिनाको जिरो फिगर एकदम लोकप्रिय थियो।

त्यस्तै उनले डोरीको व्यायम, कराँते लगायतका व्यायम नियमित गर्ने गरेको बताएकी छन्। आफू कलाकार भएका कारण जिरो फिगर बनाउनुभन्दा पनि जे विषय वा पात्रमा काम गर्ने हो सोही अनुकुलको शरीर बनाउनुपर्ने बताइन्।

खानाको मामिलामा उनी निकै शौखिन छिन र उनी खानालाई एकदमै माया गर्छिन्। उनी बाहिरको जंक फुडभन्दा घरेलु खाना खान रुचाउछिन्। उनको मन पर्ने खाना दाल भात र खिचडी हो। उनले ९ वर्ष अगाडिबाटै मांसहारी खान छाडेको बताएकी छन्।

पछिल्लो समय करिना इरफान खानसँग ‘अंग्रेजी मिडियम’मा काम गरेकी छन्। यो फिल्म मार्च १३ बाट प्रदर्शनमा आउँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad