काभ्रेको रोशी नदी किनारमा चार बर्षीय बालक मृत अवस्थामा फेलाका छन्।
रोशी गाउँपालिका- ७ कटुन्जेस्थित रोशी खोला किनारमा करिब ४ वर्षका बालकको शव फेला परेको हो।
उक्त शव धादिङको गंगाजमुना गाउँपालिका ४ घरभइ हाल काभ्रेको पनौती ननगरपालिका- ७ पनौतीमा डेरा गरेर बस्ने बुद्ध गुरुङका छोरा अन्दाजी चार वर्षीय बिपिनको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बालकको शव पोस्ट मार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।
बाढीले बगाउँदा बालकको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
12
Shares
प्रतिक्रिया