ad ad

समाज


रोल्पामा १४ जना सवार जिप दुर्घटना, दुईजनाको मृत्यु

रोल्पामा १४ जना सवार जिप दुर्घटना, दुईजनाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार २१:४२, काठमाडौँ

रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको हो।

जिपमा १४ जना सवार रहेको बुझिएको र घाइतेको उद्धार गरी अस्पताल ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले नेपालखबरलाई बताए।

जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन्।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो।

घटनाको थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .