ad ad

समाज


आज दिउँसो देशका ६ प्रदेशमा कतै भारी, कतै धेरै भारी वर्षा हुने अनुमान

आज दिउँसो देशका ६ प्रदेशमा कतै भारी, कतै धेरै भारी वर्षा हुने अनुमान

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८१ बुधबार ६:५०, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। 

अहिले गण्डकी, लुम्बिनी, कर्णाली, सूदुरपश्चिम, बागमती र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशका धेरै स्थानका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभरको मौसम पूर्णतया बदली रहने छ। देशका केही स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ। 

राति बागमती  र  गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


कस्तो होला बिहीबार र शुक्रबारको मौसम?
२०८१ असार २० गते बिहीबार

दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोसी, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार २१ गते शुक्रबार

दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सबै प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशको एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सबै प्रदेशका थोरै स्थानहरूमा भारी बर्षाको पनि सम्भावना रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशको एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम  प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .