ad ad

समाज


पछिल्लो २४ घण्टामा देशका यी ४ स्थानमा ‘धेरै भारी वर्षा’

पछिल्लो २४ घण्टामा देशका यी ४ स्थानमा ‘धेरै भारी वर्षा’

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८१ बुधबार ७:१३, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशका चार स्थानमा धेरै भारी (सय मिलिमिटर माथि) वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ७ बजे दिएको तथ्यांकअनुसार लमजुङका २, स्याङ्जाको १ र गोरखाको १ गरी चार ठाउँमा धेरै भारी वर्षा भएको हो। 

महाशाखाको विवरणअनुसार गत २४ घण्टा (मंगलबार बिहान ७ बजेदेखि बुधबार बिहान ७ बजेसम्म) मा लमजुङको बेँसीसहरमा ११८.८ मिलिमिटर, स्याङ्जाको मलुंगामा १११.२ मिलिमिटर, लमजुङकै खुदीबजारमा १०९.२ मिलिमिटर र गोरखाको बारपाकमा १०४.८ मिलिमिटर वर्षा मापन भएको हो। 

यसबीच देशका अधिकांश स्थानमा पानी परेको छ धेरै ठाउँमा भारी वर्षा भएको छ। वर्षा हुने क्रम जारी छ।  

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षा हुनुलाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .