ad ad

कारोबार


असारमा बिहे गर्ने जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी हवाइ टिकट दिने

असारमा बिहे गर्ने जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी हवाइ टिकट दिने

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:११, काठमाडौँ

बुद्ध एयरले असार महिनामा विवाह गर्नेलाई पोखरा आउजाउ गर्ने जोडीलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ।  

बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो। 

असार महिनामा थोरै विवाह लगन रहेका छन्।  

बुद्ध एयरको उडानमा बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्छ। यसरी शेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप प्रदान गर्ने जनाएको छ। 

हाल बुद्ध एयरले १८ वटा जहाज मार्फत काठमाडौँ र पोखरालाई बेस बनाएर उडान गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .