ad ad

समाज


प्रेस युनियनले सोमबार देशभर पत्रकार महासंघका कार्यालयमा धर्ना दिने

प्रेस युनियनले सोमबार देशभर पत्रकार महासंघका कार्यालयमा धर्ना दिने

नेपालखबर
असार १६, २०८१ आइतबार १८:११, काठमाडौँ

नेपाल प्रेस युनियनले भोलि सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि  प्रदेश समिति र सबै शाखा कार्यालयहरूमा धर्ना दिने भएको छ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए।

पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरू गरेको थियो।

वार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिए।

प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .