ad ad

समाज


प्रतीक थापालाई अदालतमा उपस्थित गराइयो, भोलि थुनछेक बहस

प्रतीक थापालाई अदालतमा उपस्थित गराइयो, भोलि थुनछेक बहस

नेपालखबर
असार १६, २०८१ आइतबार १७:२१, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई अदालत उपस्थित गराइएको छ।

काठमाडौँको बौद्धबाट पक्राउ परेका थापालाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालत उपस्थित गराएको हो। 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।

उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

भिडिओ

उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए।

बादल गृहमन्त्री हुँदा प्रतीक प्रमुख स्वकीय सचिव थिए।

थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसै प्रकरणमा पक्राउ परी थुनामै छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका सहयोगी, गृहसचिव टेकनारायण पाण्डेलगायत पनि यस मुद्दामा अभियुक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .