ad ad

समाज


मनसुन भित्रिएयता विपद्‌बाट २८ जनाको मृत्यु

सिन्धुपाल्चोकसहित यी जिल्ला बढी प्रभावित
मनसुन भित्रिएयता विपद्‌बाट २८ जनाको मृत्यु

केही दिनअघि लमजुङमा गएको पहिरो। जसमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको थियो।


नेपालखबर
असार १३, २०८१ बिहिबार १३:१०, काठमाडौँ

मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन्।

गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन्।

यस अवधिमा कूल १४७  विपद्का घटना भएको र ती घटनामा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ।

पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन्।

पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ। १० वटा घर आंशिक क्षति भएको छ।

पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ।

यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। 
 
चट्याङबाट १३ जनाको मृत्यु

सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ।

चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपद्‌जन्य घटना (असार ११ र १२ गते) को अवधिमा मात्रै १८ जनाको मृत्यु भएको छ।

जसमा नौजना चट्याङबाट र नौ जना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .