ad ad

समाज


विद्यार्थीले अझै हेर्न पाएनन् एसईईको नतिजा

विद्यार्थीले अझै हेर्न पाएनन् एसईईको नतिजा

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८१ बिहिबार १२:३०, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहानै माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरे पनि विद्यार्थीले अझै आफ्नो नतिजा हेर्न पाएका छैनन्। 

रिजल्ट सार्वजनिक भएको झण्डै ४ घण्टा भैसक्दा पनि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटसहित कुनै पनि वेबसाइट, फोन र एसएमएसबाट विद्यार्थीले आफ्नो नतिजाको जानकारी नपाएका हुन्।  

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान नौ बजे  यस वर्षकाे एसईईको नतिजा सार्वजनिक गरेको थियो। 

बोर्डका अनुसार यस वर्ष ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .