ad ad

समाज


एसईई रिजल्ट: कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण? हेर्नुहोस् छात्र-छात्राको उत्तीर्ण दर

एसईई रिजल्ट: कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण? हेर्नुहोस् छात्र-छात्राको उत्तीर्ण दर

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८१ बिहिबार ११:३८, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ। 

आज (बिहीबार) बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन्। 

ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार सबै विषयमा जीपीए १.६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो। याे भनेकाे अनुत्तीर्ण हाे।

सार्वजनिक नतिजाअनुसार ३.६० देखि ४ जीपीएसम्म (सबैभन्दा राम्रो नतिजा) ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन्। त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ। 

जीपीए ३.२० देखि ३.६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ। जसमा छात्रको संख्या ३६ हजार ९०३ र छात्राको संख्या ३१ हजार ३५२ छ।

जीपीए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ। जसमा छात्रको संख्या ४२ हजार १३५ छ भने छात्राको संख्या ३६ हजार ७३८ छ।

जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन्। जसमा छात्रको संख्या २१ हजार ६८९ छ भने छात्राको संख्या १९ हजार ४८७ छ।

जीपीए २ देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० छ। जसमा छात्रको १ हजार ५७९ र छात्राको संख्या १ हजार ३७१ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

जीपीए १.६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन्। ती सबै छात्र हुन्।  यो ग्रेड ल्याउने छात्रा छैनन्। 

गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमा छात्रको संख्या २ लाख ३३ हजार २७० थियो भने छात्राको संख्या २ लाख ३१ हजार ५०३ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .