ad ad

समाज


दुबई उड्न लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइयो

दुबई उड्न लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइयो

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८१ बिहिबार १२:२६, काठमाडौँ

दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ।

फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो। 

उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर फर्काइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले नेपालखबरलाई जानकारी दिए। 

राईको बिहीबार बिहान १० बजे फ्लाइट थियो। 

‘अन्य केही कारण होइन, अत्यधिक मदिरा सेवन गरेको पाइएपछि एयरलाइन्सले हामीसँग समन्वय गरेको थियो,’ उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर घर फर्काएका छौँ।’

उनको उडान तय भएको विमान भने अहिले उडिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .