ad ad

समाज


कोसीको मुख्यमन्त्रीमा हिक्मतलाई सर्वोच्चको वैधता, केदारको रिट खारेज

कोसीको मुख्यमन्त्रीमा हिक्मतलाई सर्वोच्चको वैधता, केदारको रिट खारेज

नेपालखबर
असार ११, २०८१ मंगलबार १७:३, काठमाडौँ

कोसीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई निरन्तरता दिने सर्वोच्च अदालतले आदेश दिएको छ।

मंगलबार कुमार रेग्मी, नहकुल सुवेदी अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कार्कीले दायर गरेको रिट खारेज गरेको हो।

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर गरेका छन्।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले माओवादीलगायत सत्ता गठबन्धनका दलहरूको समर्थनमा ५२ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन्। उनलाई पनि धारा १६८ को ५ नियुक्त गरिएको हो। कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परेका थिए। २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .