काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ।
तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो।
संविधानले परिकल्पना गरेअनुरुप नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख महर्जनले बताए। लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकारभएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उनको भनाइ छ।
Shares
प्रतिक्रिया