प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताएका हुन्। उनले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैँबाट चलाउनुपर्ने बताए।
उनले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझबढी परिवर्तनको आवश्यकता रहेको समेत बताए। उनले भने ‘अनुशासन पालना गर्ने कुरामा यसमा अझ बढोत्तरी भएर जाओस्, हिजो तपाईंहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अब चाहिं हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेन जस्तो अनभुति तपाईंहरुलाई होस्।
परिवर्तन हुने कुरामा प्रहरी कर्मचारीले उदाहरणीय काम गरेर प्रहरी संगठनलाई परिवर्तन गराउन सक्ने र ट्राफिक प्रहरीमाथि लाग्ने आरोबाट बँच्न सकिने बताए।
Shares

प्रतिक्रिया