ad ad

समाज


चिनियाँ  शैक्षिक मेलामा मन्त्री, नेता र कूटनीतिज्ञको भेला (तस्बिरहरू)

चिनियाँ  शैक्षिक मेलामा मन्त्री, नेता र कूटनीतिज्ञको भेला (तस्बिरहरू)

नेपालखबर
असार ४, २०८१ मंगलबार १५:२८, काठमाडौँ

हरेक क्षेत्रमा दिन–प्रतिदिन उल्लेख्य प्रगति गर्दै गएको उत्तरी छिमेकी चीनले मंगलबार काठमाडौंमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी आयोजना गर्‍यो। 

नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ छात्रवृत्ति परिषद्ले आयोजना गरेको शैक्षिक मेलाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे।

प्रमुख अतिथिका रुपमा शैक्षिक मेला उद्घाटन गरेका श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन गन्तव्य बन्दै गइरहेको भन्दै यो मेलाले अझै थप बढावा दिने धारणा राखे।

शैक्षिक मेलामा नेपालका मन्त्री, पूर्व मन्त्री, नेता र कूटनीतिज्ञहरुको बाग्लो उपस्थिति थियो।

मेलामा माओवादी केन्द्रमा महासचिव देव गुरुङ, पूर्व परराष्ट्र मन्त्री  महेन्द्रबहादुर पाण्डे, चीनका लागि नेपालका पूर्व राजदूतहरु लिलामणि पौडेल, टंक कार्की, नेकपा एकीकृत समाजवादीका नेता बलराम बास्कोटा लगाउयतको उपस्थिति थियो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसी लगायतको बाक्लो जमघट थियो। 

नेपालका लागि चिनियाँ राजदूतको उपस्थिति हुने त भैहाल्यो।

चिनियाँ दूतावासका अनुसार मेलामा चीनका ३१ विश्वविद्यालयको उपस्थिति थियो।

तस्बिरः परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय र रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .