ad ad

समाज


राशिफल ५ असार : कन्याले उपहार पाउने, कर्कटको पाचन प्रणालीमा समस्या देखिने, तपाईँको के?

राशिफल ५ असार : कन्याले उपहार पाउने, कर्कटको पाचन प्रणालीमा समस्या देखिने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार ५, २०८१ बुधबार ०:१०, काठमाडौँ

आज बुधबार, ५ असार २०८१ (१९ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमणीय र सुखद यात्राको योग छ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भौतिक साधन जुटाउने समय छ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृष : स्वादिष्ट भोजन पाइनेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। रमाइलो यात्राको योग छ। मित्र वर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : न्यायिक कार्यमा सफलता मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। धनागम हुनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट : गरेका काममा ढिलासुस्ती हुनेछ। समय मध्यम खालको छ। शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। पाचन प्रणालीमा समस्या देखिन सक्छ। रोकिएको काम साँझमा दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

सिंह : कीर्तिमानी काम गर्ने समय छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : उपहार पाइन सक्छ। घरमा अतिथिको आगमन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। घुमफिरमा आकर्षण बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्ने। अरूको अहित हुने काम नगर्ने।

तुला : पुराना समस्या सुल्झनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शंकर भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

वृश्चिक : दिन सामान्य रहनेछ। आफन्तजनसँग मनमुटाव बढ्नेछ। सवारीसाधन चलाउँदा तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। विद्यामा सफलता पाउन निकै मेहनत गर्नुपर्नेछ। आलस्य र थकानको अनुभूति हुनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। जोस, जाँगर र हिम्मत बढ्नेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ : अधुरो र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। लाभदायक यात्रा हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ। अरूको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता मिल्दैन। साँझमा शुभ र नयाँ कार्यको योजना बन्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .