ad ad

समाज


आईसीसी टी-२० विश्वकप : न्युजिल्यान्डसँग पपुपा न्यु गिनी पराजित

आईसीसी टी-२० विश्वकप : न्युजिल्यान्डसँग पपुपा न्यु गिनी पराजित

नेपालखबर
असार ४, २०८१ मंगलबार ८:२७, काठमाडौँ

आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘सी’को खेलमा न्यु जिल्यान्डसँग पपुपा न्यु गिनी पराजित भएको छ। 

गएराति भएको खेलमा न्यु जिल्यान्डले पीएनजीलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप सकाएको छ।

यो समूहबाट आयोजक वेस्ट इन्डिज र अफगानिस्तान सुपर ८ मा पुगिसकेका छन्। न्यु  जिल्यान्डसँगै युगान्डा र पीएनजी समूह चरणबाटै बाहिरिएका छन्। 

पीएनजीले दिएको ७९ रनको लक्ष्य न्यु जिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

डेभिन कोनवे ३५ रन बनाउँदा सिमो कामियाको बलमा एलबीडब्धु धरापमा परे।  कप्तान केन विलियम्सन १८ र डेरी मिचेल १९ रनमा नटआउट रहे।

पीएनजीका काबुवा मोरियाले २ तथा सिमोले एक विकेट लिए। 

त्यसअघि न्यु  जिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजी २ बल अगावै ७८ रन बनाउँदा अलआउट भयो। 

चाल्स अमिनीले बनाएको १७ रन नै पीएनजीका लागि सर्वाधिक रह्यो। 

नोर्मन भनुवाले १४, सेसे बाउले १२ रन बनाउन बाहेक हन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
 
न्यु जिल्यान्डका लोकी फर्युसनले ३ विकेट लिए। टे«न्ट बोर्ड, टिम साउथी, इसा सोधीले समान २ विकेट लिए। मिचेल साट्नरले एक विकेट आफ्नो नाममा गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .