ad ad

समाज


पछिल्लो २४ घण्टामा देशका यी ४ स्थानमा भयो धेरै भारी वर्षा

पछिल्लो २४ घण्टामा देशका यी ४ स्थानमा भयो धेरै भारी वर्षा

फाइल फाेटाे


नेपालखबर
असार ३, २०८१ सोमबार २१:५९, काठमाडौँ

पछिल्लो २४ घण्टाममा मुलुकका ४ स्थानमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ९ बजेर ५१ मिनेट जाँदा गरेको अपेडटअनुसार इलामका २, चितवनको १ र गोरखाको १ ठाउँमा धेरै भारी वर्षा भएको हो। 

महाशाखाको तथ्यांकअनुसार सबैभन्दा बढी चितवनको त्रिशूलीस्थित कालीखोला स्टेसनमा १८८ मिलिमिटर वर्षा मापन भएको छ।

यसपछि इलामको बारफल्याङमा १५७ तथा इलामकै सोक्तिक टी स्टेटमा १४७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। 

यसैगरी गोरखाको वीरेनचोकमा पनि धेरै भारी वर्षा ११६.४ मिलिमिटर वर्षा भएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र सय मिलिमिटरभन्दा माथि र २ सय मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ।   

यस अवधिमा हल्कादेखि मध्यम र भारी वर्षा त मुलुकका धेरै स्थानमा भएको मौसम महाशाखाको विवरणमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .