ad ad

समाज


राति यी ३ प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौँका लागि यस्तो अनुमान
राति यी ३ प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार २, २०८१ आइतबार १९:३९, काठमाडौँ

हाल (आइतबार बेलुका) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मुख्यतया सफा (आकाश लगभग खुला) छ। गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक वा दुई  स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ। काठमाडौँमा पानी पर्ने सम्भावना ३० प्रतिशत रहेको महाशाखाले जनाएको छ। 

हाल देशको पूर्वी भेगमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु र भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको महााशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .