ad ad

राजनीति


अरु देशको लगानीमा उत्पादित विद्युत खरिद नगर्ने भारतको अडानप्रति सांसद भट्टराईको असन्तुष्टि

अरु देशको लगानीमा उत्पादित विद्युत खरिद नगर्ने भारतको अडानप्रति सांसद भट्टराईको असन्तुष्टि

नेपालखबर
असार २, २०८१ आइतबार १९:५०, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भारतले नेपालबाट आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने अडानप्रति असन्तुष्टि व्यक्त गरेका छन्।  

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिव भट्टराईले भारत सरकारले नेपालको विद्युत खरिदमा भँगेराको जस्तो छाती भन्दा पनि ठूलो छाती बनाउन आवश्यक रहेको बताए।

‘नेपालको भित्र राष्ट्र भारतसँग बहुआयामिक सम्बन्ध छ,’ उनले भने, ‘केही कुरामा हामी अफ्ठ्यारोमा पनि परेका छौं। संसदमार्फत मित्र राष्ट्र भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउन चाहन्छु। उहाँहरुले ठूलो देशको ठूलो छाती देखाउनु पर्ने हो। त्यो देखाउनु भएको छैन। भँगेराको जस्तो छाती भयो।’

चीनसँग खर्बौं डलरमा व्यापर गरिरहेको भारतले नेपालका आयोजनामा चीनको लागि छ कि छैन् भनेर खोज्न आवश्यक नरहेको समेत भट्टराईले बताए। ‘आफू दुई देश ट्रिलियन डलरमा व्यापार गर्छन,’ उनले भने, ‘अनि चीन र भारतले नेपालमा कुन देशको लगानी छ भन्ने खुट्याउनु पर्ने के आवश्यकता छ ?’

भारतको भूमि हुँदै नेपालले बंलादेशमा ५ हजार मेगावट विद्युत निर्यात गर्न लागेको भन्दै भट्टराईले यसमा सहजीकरण गर्न भारत सरकारलाई आग्रह गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .