ad ad

समाज


चुरे संरक्षणमा सबैको सहकार्य आवश्यक छ: प्रधानमन्त्री

चुरे संरक्षणमा सबैको सहकार्य आवश्यक छ: प्रधानमन्त्री

नेपालखबर
असार २, २०८१ आइतबार १४:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्।

दशौँ चुरे संरक्षण दिवसका सन्दर्भमा आइतबार आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेशका बहुसंख्यक जनताको जीवनरेखासँग जोडिएको चुरेक्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए।

‘चुरे क्षेत्रको संरक्षणमा तीनै तहका सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायबीच समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तराई–मधेशका बहुसंख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो।’

०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई–मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि छुट्टै ऐनको आवश्यकता देखिएकाले त्यसका लागि सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए।

वृक्षरोपण कार्यक्रमले आमजनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतका वर्षमा नदी उकास क्षेत्रलगायत खाली र क्षतिग्रस्त करिब १० हजार हेक्टर भूमिमा विभिन्न प्रजातिका बिरुवा रोपण गर्न राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिमार्फत जनतालाई वितरण गरिएको बताए।

उनले करिब रु। तीन करोड गुणस्तरीय रुख प्रजातिका बिरुवा उत्पादन र वितरणमार्फत ‘हरियाली प्रवर्द्धन र पारिस्थितिकीय प्रणाली’को पुनर्स्थापना गर्दै आएकोमा समितिप्रति आभार प्रकट गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .