ad ad

समाज


कुवेतमा आगलागीमा परी मृत्यु भएका ४० भारतीयका परिवारलाई जनही २ लाख दिने मोदीको घोषणा

तीन नेपाली घाइते
कुवेतमा आगलागीमा परी मृत्यु भएका ४० भारतीयका परिवारलाई जनही २ लाख दिने मोदीको घोषणा

घटनास्थल


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ९:३७, काठमाडौँ

कुवेतमा भएको आगलागीमा परी मृत्यु भएका ४० भारतीयका परिवारलाई भारत सरकारले जनही २ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। 

कुवेतको मङ्गाफस्थित आप्रवसाी श्रमिक बस्ने आवासीय भवनको भुइँतलामा बुधबार बिहान आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो। तीमध्ये ४० जना भारतीय हुन्। 

सो घटनापछि बुधबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठक राखी मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २÷२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। 

उक्त आगलागीमा ३ नेपालीसहित ५० जना घाइते भएका छन्। उनीहरूको अहिले विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .