सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) भोलि (बुधबार) बस्ने भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठ अधिवक्ताको उपाधिबारे छलफल गर्न फुलकोर्ट बोलाएका हुन्। तर, भोलि नै वरिष्ठ अधिवक्ताबारे निर्णय हुने सम्भवाना भने न्यून रहेको सर्वोच्चका अधिकारीले बताए।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा गठित समितिले करिब १५० अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्न सिफारिस गरेको छ। उक्त सूची सर्वोच्चका सबै न्यायाधीशलाई राय-सुझावका लागि १५ दिनअघि वितरण गरिएको थियो।
बुधबारको बैठकमा ती न्यायाधीशका राय-सुझावसहित छलफल हुनेछ। प्राप्त राय-सुझावबारे थप अध्ययन गरी अन्तिम प्रतिवदेन तयार गर्न फुलकोर्टले अर्को समिति पनि बनाउन सक्ने सर्वोच्चका एक अधिकारीललेनेपालखबरलाई जानकारी दिए।
वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।
Shares
प्रतिक्रिया