ad ad

समाज


मनसुन देशभर फैलिन कति दिन लाग्छ?

तराई विराटनगरमा भन्दा पहाड काठमाडौँमा गर्मी बढी!
मनसुन देशभर फैलिन कति दिन लाग्छ?

नेपालखबर
जेठ २९, २०८१ मंगलबार ८:३१, काठमाडौँ

मौसमविद्का अनुसार बर्खायाम लगाउने मौसम प्रणाली ‘मनसुन’ नेपाल भित्रिसकेको छ तर पूर्वी क्षेत्रमा मात्र। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुन सोमबार कोसी प्रदेशको पूर्वी क्षेत्रमा प्रवेश गरेको हो। अहिले त्यसयता पश्चिमतर्फ मनसुनी प्रणालीको प्रभाव छैन। 

मौसम महाशाखाका अनुसार हाल पूर्वी भेगमा मात्र मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। 

नेपालमा मनसुन जहिले पूर्वबाट भित्रिन्छ र बिस्तारै पश्चिमसम्म फैलिन्छ। अहिले मनसुन कोसी प्रदेशको पनि पूर्वी भागमा मात्र सीमित भएकाले त्यसयता मौसम बदली र वर्षाको सम्भावना कमै देखिएको छ। जसका कारण पश्चिम तराईमा अत्यधिक गर्मी भइरहेको मौसमविद् झा बताउँछन्।

त्यसो त काठमाडौँ उपत्यकामै पनि गर्मी भइरहेको छ। सोमबार यहाँको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ। 

‘मनसुनको प्रभाव परेकाले विराटनगरमा भने तापक्रम कम भइसकेको छ’, मौसमविद् झाले भने, ‘त्यहाँ सोमबार अधिकतम तापक्रम काठमाडौँको भन्दा कम ३३.६ डिग्री सेल्सियस मापन भएको छ।’

उनका अनुसार मनसुनी प्रणालीको प्रभाव नआउँदासम्म पश्चिमी तराईमा भने अझै केही दिन गर्मी नै रहने अनुमान छ। 

पूर्वी क्षेत्रमा रहेको मनसुन देशभर कहिलेसम्म फैलिन्छ त? 

नेपालखबरको जिज्ञासामा मौमसविद् झा भन्छन्, ‘ठ्याक्कै यति दिनमा भन्न त गाह्रो हुन्छ तर विगतका वर्षको तथ्यांक हेर्ने हो भने ५ दिनदेखि ७ दिनसम्ममा मनसुन देशभर फैलिएको पाइन्छ।  तर यसभन्दा केही अघिपछि पनि हुनसक्छ। मनसुन थप क्षेत्रमा विस्तार हुनासाथ हामी बुलेटिन जारी गरेर जानकारी गराइहाल्छौँ।’

यो पनि यसपालि बर्खामा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण (प्रतिवेदनसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .